उपत्यकालाई व्यवस्थित सहर बनाउन सडक विस्तार

उपत्यकालाई व्यवस्थित सहर बनाउन सडक विस्तार

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, १८ मङ्सिर ।

काठमाडौँ उपत्यकालाई व्यवस्थित र बस्न योग्य सहरका रुपमा विकसित गर्ने योजना अनुरुप ५२४ किलोमिटर सडक विस्तार गरिएको छ । निर्देशित जग्गा विकास कार्यक्रम अन्तर्गत उपत्यकामा ३२४ र अन्य विविध कार्यक्रमअन्तर्गत २०० गरी ५२४ किमी सडक विस्तार गरिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

उपत्यकालाई व्यवस्थित सहरका रुपमा विकास गर्ने उद्देश्यले विसं २०४५ मा कार्यक्रमको सुरुवात गरिएको थियो । काठमाडौँमा ३०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा ३८ किलोमिटर गरी ४७५ किलोमिटर सडक व्यवस्थितरुपमा विस्तार गर्ने योजना बनाइएकोमा अहिलेसम्म ३२४ किमी सडक विस्तार गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

विविध कार्यक्रमअन्तर्गत विस्तार गरिएको २०० किमी सडकमा पनि मुखमा जग्गा पर्ने र सबै जग्गा सडकमा परी विस्थापित हुनेलाई मुआब्जा दिइएको छ । दुबै योजनामा स्थानीयवासीसँग मिलेर रु एक खर्बभन्दा बढी मूल्य पर्ने ६ हजार ३०० रोपनी जग्गा सार्वजनिक प्रयोगका लागि ल्याइएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी