सरकार दु्रतमार्गबाट औषधि ल्याउने तयारीमा

सरकार दु्रतमार्गबाट औषधि ल्याउने तयारीमा

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, १८ मङ्सिर ।

तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दु्रतमार्गबाट औषधि ल्याउने तयारी सुरु गरेको छ ।

विभिन्न स्वास्थ्य संस्थाका निर्देशक, प्रशासक तथा मन्त्रालयका पदाधिकारीको बैठकले स्वास्थ्य संस्थामा औषधि अभावले समस्या बढ्दै गएपछि दु्रतमार्गबाट औषधि ल्याउने निर्णय गरिएको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले दु्रतमार्गबाट औषधि ल्याउने निर्णय भइसकेको छ, अब चाँडै औषधिको सहजता हुनेछ भन्नुभयो । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गटन, युनिसेफलगायत दातृ निकाय र थाइल्यान्ड, ओमनलगायतबाट औषधि ल्याउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

खासगरी औषधि अभावको मुख्य असर गर्भवती महिलाको उपचारमा देखिएको छ । गर्भवती महिलाको उपचारमा प्रयोग हुने स्लाइन, सुईलगायतका औषधिसहित ब्लड प्याडको पनि चरम अभाव हुन थालेकाले चाँडै नै त्यसको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य सुरु गरिसकेको जनाइएको छ ।

लामो समयसम्म भएको नाकाबन्दीका कारण औषधि अभाव भएपछि राजधानीलगायत देशभरमा औषधि अभाव बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी