ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्त नक्कले पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्त नक्कले पक्राउ

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १८ मङ्सिर ।

हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका नुवाकोट कल्याणपुरका नक्कले भन्ने बिराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङलाई काठमाडौँ, मनमंैजु बसन्तनगरमा लुकिछिपी बसेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरी आज सार्वजनीक गरेको हो ।

उनी सात वर्षअगाडि नुवाकोट, विदुर बस्ने अनिल श्रेष्ठलाई गोली प्रहार गरी फरार रहेको, गत वर्ष जेठ १४ गते नुवाकोटको विदुरमा प्रहरी टोलीमाथि सकेट बम प्रहार गरेको, पुस २४ गते विदुरमै डोलबहादुर घलेमाथि खुकुरी प्रहार गरेको घटनामा सङ्लग्न भई फरार रहेका थिए ।

पक्राउपछिको बयानमा उनले नुवाकोटमा रहेको आफ्नो घरमा एक थान पेस्तोल लुकाई राखेको छ भन्ने जानकारी दिएपछि प्रहरी टोली गई खान तलासी गर्दा चोकोस्लाभियामा बनेको एक थान पेस्तोल, म्याग्जिन एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी