सशस्त्र प्रहरीद्वारा चरेस बरामद

सशस्त्र प्रहरीद्वारा चरेस बरामद

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

वीरगन्ज, १८ मङ्सिर ।

सशस्त्र प्रहरीले पर्साको मसिहानी–१ बाट ३५ किलोग्राम प्रतिबन्धित लागुपदार्थ चरेस बरामद गरेको छ । खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरी सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बेसक्याम्प भिखमपुरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति उक्त परिमाणको चरेस बरामद गरेको हो । स्थानीय जङ्गल क्षेत्रवाट चार÷पाँचजनाको समूहमा आएका तस्करलाई शङ्का लागेर सशस्त्र प्रहरीले रोक्न खोज्दा चरेस फालेर उनीहरु फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको चरेस आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको सशस्त्र प्रहरी निरीक्षक शम्भुविक्रम शाहले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ