भारतसँगको मैत्रीमा कुनै कमी हुने छैन : मन्त्री सापकोटा

भारतसँगको मैत्रीमा कुनै कमी हुने छैन : मन्त्री सापकोटा

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १८ मङ्सिर ।

वनमन्त्री अग्नि सापकोटाले सरकारले भारतसँगको व्यापार तथा विनिमयलाई निरन्तरता दिने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा उहाले कुनै एक देशसँगको अन्तरनिर्भरतालाई न्यूनीकरण गर्न सरकारले चीन तथा बङ्गलादेशसँगको व्यापार सम्बन्ध बढाइरहेको भए पनि भारतसँगको मैत्रीमा कुनै कमी हुन नदिने बताउनु भयो ।

मन्त्री सापकोटाले मधेससहित ठूला राजनीतिक दल तथा विज्ञसहितको रायका आधारमा तराईको सीमाङ्कनसम्बन्धी विवाद संविधान संशोधनमार्फत आगामी तीन महिनाभित्र समाधान भएपछि अहिलेको असहज परिस्थितिको अन्त्य हुने बताउनुभयो ।

तातोपानीको नाका खुलाउन अर्थ, भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको टोलीले भ्रमण गरी नाका खुलाउने तथा सङ्खुवासभाको किमाथाङ्का नाका खोल्न पनि सरकारले योजना गरिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ