यस वर्षको एसएलसी चैत अन्तिम साता

यस वर्षको एसएलसी चैत अन्तिम साता

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,१८ मंसिर ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।

गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षहरुमा झैँ समयमै परीक्षा सञ्चालन गर्न सक्ने गरी तयारी गरे पनि भूकम्प र मधेस आन्दोलनका कारण केही दिन परीक्षा सर्न सक्ने परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले बताउनु भयो ।

गत वैशाख १२ गतेको भूकम्पका कारण भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी