आयोडिन नुनको कृत्रिम आभाव देखाउँदै कालोबजारी

आयोडिन नुनको कृत्रिम आभाव देखाउँदै कालोबजारी

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

लहान, १८ मङ्सिर ।

सिरहा जिल्लामा आयोडिनयुक्त नुनको आभाव नभए पनि व्यापारीले आयोडिन नुनको कालोबजारी गर्दै आएका छन् ।

संयुक्त मधेसी मोर्चाको विगत तीन महिनाभन्दा बढी समयदेखि जारी आमहडतालका कारण आयोडिन नुनको आपूर्ति हुन नसकेको भन्दै स्थानीय व्यापारीले आयो नुनको कालोबजारी गर्दै आएका हुन् ।

सिरहा जिल्लामा आयोडिन नुनको आभाव नभए पनि स्थानीय व्यापारीले नुनको कृत्रिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ ।

आयोडिन नुन एककिलो प्याकेटको खुद्रा मूल्य रु २० रहेपनि आमहड्तालका कारण देखाउँदै व्यापारीले अहिले प्रतिप्याकेट रु ४० देखि रु ६० सम्ममा बिक्री गर्दै आएको उपभोक्ताको भनाइ छ ।

बजारमा आयोडिन नुनको आभाव नभए पनि व्यापारीले नुनको कृत्रिम आभाव देखाएर बढी मूल्यमा बिक्रीवितरण गर्दासमेत बजार अनुगमन हुन सकेको छैन् ।

यता सिरहा जिल्लामा आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेङ्ङि कर्पोरेसन लहानले सिरहाका विभिन्न बजारमा आयोडिन नुनको भण्डारण रहेको दाबी गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पनि अहिले दुईहजार १०० बोरा आयोडिन नुनको स्टक रहेकाले यसपालि नुनको आभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन लहानका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिरहाको लहानमा दुई हजार बोरा, धनगढीमा एक हजार बोरा, गोलबजारमा पाँचसय बोरा, मिर्चैयामा एक हजार बोरा र सदरमुकाम सिरहामा पाँचसय बोरा नुन स्टकमा रहेको छ ।

साल्ट ट्रेडिङले जिल्लाको १२ वटा डिलरमार्फत जिल्लामा नुनको बिक्रीवितरण गर्दैआएको प्रमुख साहको भनाइ छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ