भूकम्पमा भागेका २१६ कैदीमध्ये ७६ मात्र सम्पर्कमा

भूकम्पमा भागेका २१६ कैदीमध्ये ७६ मात्र सम्पर्कमा

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ,१८ मंसिर ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये ७६ जना सम्र्पकमा आएका छन ।

भूकम्पमा सबै कैदीबन्दी भागेका थिए । जिल्ला कारागारमा २१६ जना कैदीबन्दी रहेको र जसमा १९६ जना पुरुष थिए भने २० जना महिला रहेको कारागारका प्रमुख बलराम आछेथुले जानकारी दिनुभयो ।

दुईसय १६ जना भागेकामध्ये आजसम्म ७६ जना मात्र सम्पर्कमा आएको आछेथुले बताउनुभयो । ७६ जनामध्ये कतिपयलाई प्रहरीले पक्राउ गरेको हो भने कतिपय आफैँ सम्पर्कमा आएका हुन । जसमा ७० पुरुष कैदीबन्दी र सातजना महिला कैदीबन्दी सम्पर्कमा आएको जिल्ला कारागारले जनाएको छ ।

विनाशकारी भूकम्प गएको सात महिना बितिसक्दा पनि १४० जना कैदीबन्दी अझै फरार छन् । कारागारले पटकपटक सूचना प्रकाशित गर्दा पनि उनीहरु सम्पर्कमा नआएको जनाइएको छ ।

विनाशकारी भूकम्पले कारागार पूर्णरुपमा ध्वस्त भएको थियो । तत्काल निर्माण सम्भव नभएको र पक्राउ परेका कैदीलाई राख्ने ठाउँ नभएकाले तत्काल आठदेखि दश जनालाई जिल्ला प्रहरी कार्यालयमा र विभागको आदेशअनुसार विभिन्न जिल्लामा पठाउने गरेको विभागका प्रमुख आछेथुले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ