सर्लाहीको जिल्ला प्रशासनमा पट्रोल बम प्रहार 

सर्लाहीको जिल्ला प्रशासनमा पट्रोल बम प्रहार 

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सर्लाही, १८ मंसिर । 

सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरीको भन्सार सुरक्षा पोष्टमा गयराती अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।

बजार क्षेत्र भित्र ठाउँठाउँमा गोली चलेको र बम पड्केको आवाज सुनिएको तर कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश खड्काले दिएको जानकारी अनुसार दिउसो सर्लाहीको नवलपुरमा भएको प्रदर्शनकारीबीचको झडपमा ६ जना प्रहरी, ११ जना चुरे भावरका कार्यकर्ता र ८ जना मोर्चाका कार्यकर्ता घाइते भएका थिए ।

घाइते भएका आन्दोलनकारीहरुलाई उपचारका लागि सर्लाही जिल्ला अस्पताल मलंगवा पुर्याइएको थियो ।

यसैैविच मधेसी मोर्चाका नेता राजेन्द्र महतोले शान्तिपूर्ण आन्दोलन गरेका मोर्चा कार्यकर्तामाथि राज्यले दमन गरेको बताउनुभयो । उहाँले मोर्चाका कार्यक्रम विथोल्न सरकार नै लागेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ