आजबाट लोडसेडिङ बढ्यो, विद्युत्तीय उपकरणमा खाना पकाउनेलाई समस्या

आजबाट लोडसेडिङ बढ्यो, विद्युत्तीय उपकरणमा खाना पकाउनेलाई समस्या

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ १८ मंसिर ।  

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय थप गरेको छ । नयाँ तालिका अनुसार अब दैनिक ९ घण्टासम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तालिका अनुसार बिहान र बेलुका खाना पकाउने समयमा बढी लोडसेडिङ हुने भएपछि विद्युत्तीय उपकरणमा खाना पकाउने उपभोक्तालाई समस्या हुने भएको छ ।

ग्यास नपाएपछि विद्युत्तीय चुल्हो र उपकरण प्रयोग गर्ने उपभोक्ताले बिद्युत अनियमित हुँदा यसअघि पनि समस्या झेल्दै आएका थिए ।

भूकम्पका कारण क्षति भएका विद्युत गृह सञ्चालन हुन नसकेको, विद्युत प्रणालीमा भार बढेको तथा नदीमा पानीको सतह घटेकाले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्तामा दुई दिन सात घण्टा, तीन दिन आठ घण्टा र दुई दिन नौ घण्टा बिजुली कटौती हुनेछ । यस्तै साताको पाँच दिन दुई पटक तथा दुई दिन तीन पटक लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी