नाकाबन्दी र मधेस बन्दले पुर्वाञ्चलका उद्योगमा सोह्र अर्ब नोक्सान

नाकाबन्दी र मधेस बन्दले पुर्वाञ्चलका उद्योगमा सोह्र अर्ब नोक्सान

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,१७ मंसिर ।

मधेसी मोर्चाको तीन महिनाभन्दा बढीको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण पूर्वाञ्चलमा रु १५ अर्ब ९५ करोड ४७ लाखको नोक्सान भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

उद्योग सङ्गठन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी बन्द नाकाबन्दीका कारण पूर्वाञ्चलमा रु २५ लाखदेखि रु ३० लाख पूँजी भएका उद्योगले रु दुई खर्ब ५२ अर्ब लागानी गरेका छन् ।

ती उद्योगीले बन्दको अवधिमा बंैकलाई मात्रै रु आठ अर्ब ब्याज बुझाउनुपरेको छ । त्यस्तै छुट्टै रु एक खर्बको लागानीमा सञ्चालित उद्योगले रु तीन अर्ब ५० करोड बंैकको ब्याज सहनुपरेको छ । तीन महिनाभन्दा बढिको बन्दमा विद्युत् अडिट शुल्क रु। तीन करोड ४५ लाख तिर्नुपरेको जनाइएको छ ।

उद्योग सगठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रबालले बन्दले अधिकांश उद्योग घाटामा गएको र कतिपय उद्योग चलाउनै नसक्ने गरी बन्द भएको बताउनभयो । उहाँका अनुसार विराटनगर र काँकडभिट्टा नाकाबाट कच्चा पदार्थ दैनिक सातसय मालवाहक सवारी आउने गरेका थिए । ती मालवाहक सवारी साधन नेपाल भित्रिन नपाउँदा दैनिक रु ७० करोड नोक्सान भएको छ ।

प्रतिवेदनअनुसार पूर्वाञ्चलमा सञ्चालित उद्योगमा काम गर्दै आएका ५० हजार मजदूरलाई दैनिक पाँचसयका दरले ज्याला तिर्नुपर्दा रु दुई अर्ब ६५ हजार सकिने गरेको छ । त्यस्तै भारतबाट विभिन्न कच्चा पदार्थ आयात हुँदा भारतमा थन्किएका सामग्रीको विलम्ब शुल्कमात्र रु २३ करोड ४६ लाख तिनुपरेको उल्लेख छ ।

पूर्वीमा साना र ठूला गरेर आठदेखि नौ हजारको हाराहारीमा उद्योग सञ्चालनमा छन् । जसमध्ये तीन हजार उद्योगले भारतबाट कच्चा पदार्थ आयात गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी