मंसिर १७, काठमाडौं ।
एकीकृत माओवादीका शीर्ष नेताहरुले पार्टी रुपान्तरणमा जोड दिँदै संविधान कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन ।
अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन माथि केन्द्रिय समिति बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझीले पार्टीको सुदृढीकरणमा ढिलाई गर्न नहुने बताएका हुन ।
उपाध्यक्ष श्रेष्ठले पुजिवादी जनवादी क्रान्तिको सफल नेतृत्व अध्यक्ष दाहालले गरेपनि आगामी बाटो चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो । संविधान कार्यान्वयन चूनौतीपूर्ण रहेको भन्दै उहाँले त्यसमा समेत सफलतापूर्वक भूमिका निर्वाह गर्न अध्यक्षलाई शुभकामना दिनुभएको केन्द्रिय सदस्य देवी खड्काले जानकारी दिनुभयो ।
यस्तै महासचिव कृष्णबहादुर महराले संविधानसभाबाट संविधान जारी पार्टीको एजेण्डा पारीत भएपनि कार्यान्वयनको प्रक्रिया बाहिरी हस्तक्षेप मौलाएकाले पार्टीले डटेर समाना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
सचिव टोपबहादुर रायमाझीले पूर्व नेता बाबुराम भट्टराईको आलोचना समय खेर नफाल्न आग्रह गर्दै पार्टीको रुपान्तरणमा ध्यान दिन नेतृत्वलाई आग्रह गर्नुभयो ।
आजको बैठकमा नयाँ शक्ति निर्माणको अभियानबाट फर्किएका केन्द्रिय सदस्य घनश्याम यादव र रामचरण शाहले स्पष्टीकरण पेश गर्नुभएको थियो । अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि भोली अन्य केन्द्रिय समितिले धारणा राख्नेछन् ।