काठमाण्डौ,१७ मंसिर ।
बाँकेको सीमासँग जोडिएको भारतीय बजार रुपैडिहामा भारतीय नगारिकले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन ।
बुधबार नेपाल प्रहरीले नेपालमा रहेका भारतीयमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै उनीहरुले ओली सहित बाँकेका सुरक्षाकर्मीहरुको पुत्ला जलाएका हुन ।
दशगजासँगै जोडिएको रुपैडिहा बजारका व्यापारी तथा नेपालमा आन्दोलन गररिरहेका मधेसी मोर्चाका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन ।
पुत्ला दहनसँगै उनीहरुले शुक्रबार र शनिबार रुपैडिहा बजार बन्द गर्ने घोषणा गरेका छन् । भारतीयहरुले रुपैडिहा नाकाबाट हुने आयत र निर्यात समेत ठप्प पार्ने चेतावनी दिएको छ ।
करिव ३ सयको हाराहारीमा भेला भएका भारतीयहरुले ओली विरुद्ध नारावाजी समेत गरेका थिए । उनीहरुले भारतीय प्रहरी र सीमा सुरक्षा बल एसएसबी कै अगाडि पुत्ला जलाउनुका साथै नारावाजी गरेका थिए ।