आन्दोलनकारी र भारतीयबीच मितेरी पुलमा भिडन्त , आधा दर्जनबढी नेता कार्यकर्ता घाइते

आन्दोलनकारी र भारतीयबीच मितेरी पुलमा भिडन्त , आधा दर्जनबढी नेता कार्यकर्ता घाइते

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पर्सा, १७ मङ्सिर ।

वीरगन्जको मितेरी पुलमा आज बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ । गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र भारतीय नागरिकबीच विवाद बढेपछि बिहानदेखि दुबै पक्षबीच झडप भएको हो ।

झडपमा परी मोर्चाका छजना भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका छन् । बिहान भएको झडपमा परी मदन यादव, शत्रुधन यादव, रेखा देवी लगायतका घाइते भएका छन् भने राति भारतीय नागरिकले गरेको कुटपिटबाट मोर्चाका कार्यकर्ता सुरेश साह कानु, रञ्जित साह, रामदहिन यादव, नन्दु यादव, फिरोजबाबु खान घाइते भएका थिए ।

घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सुरेश साहको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

आन्दोलनकारी र रक्सौलवासीबीच विवाद बढेपछि उत्पन्न विवादलाई साम्य पार्न दुबै तर्फका अगुवाले पहल गरिरहेका छन् । सीमाक्षेत्रमा नेपाल भारतका नागरीक एकआपसमा भिडेपछि तनाव उत्पन्न भएको छ । सीमाक्षेत्रमा तनाव बढेपछि सम्पूर्ण सवारीका साधन आवतजावतमा रोक लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ