काठमाडौँ, १७ मङ्सिर ।
सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीबाट जन्ती लिएर काठमाडौँ आउँदै गरेको ना ४ ख ९२०१ नम्बरको यात्रुबस काठमाडौँको उत्तरपश्चिम जहरसिंहपौवामा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय साँखुका प्रहरी निरीक्षक उमेश जोशीले राससलाई जानकारी दिनुभयो ।
घाइतेमध्ये १७ जनाको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु, १३ जनाको लाइफकेयर अस्पताल साँखु तथा तीनजना गम्भीर घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । ओरालोमा ब्रेक फेल भएर बस एकसय मिटर तल खसेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline