भूकम्पपीडितलाई अन्न भण्डारणमा समस्या

भूकम्पपीडितलाई अन्न भण्डारणमा समस्या

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

गोरखा, १७ मङ्सिर ।

गोरखाका भूकम्पपीडितले अन्न भण्डारणमा समस्या भएको बताएका छन् । भूकम्पले घर भत्केपछि सात महिनादेखि टहरोमा बस्दै आएका किसानले धान, मकै, कोदोलगायत बाली थन्क्याउन समस्या भएको बताएका हुन् ।

लापु गाविस– ३ का धनबहादुर गुरुङले कोदो थन्काउने ठाउँ नहुँदा ढुसी आएको बताउनुभयो । उहाँले भन्नुभयो – “चित्रोको भकारीमा राखेको कोदो चिसोले गर्दा बिग्रियो ।” किसानले बारीको पाटा सम्याएर अन्न भण्डारण गर्दै आएका छन् ।

अन्न भण्डारणका साथै चिसोले गर्दा वृद्धवृद्धा र केटाकेटी बिरामी पर्न थालेको अर्का भूकम्पपीडित सुकबहादुर गुरुङले बताउनुभयो । “साँघुरो टहरोमा कहाँ मान्छे बस्ने, कहाँ अन्न राख्ने ?” उहाँले भन्नुभयो – “मकैलाई थाक्रोमा राखेका छौँ । धान र कोदो भण्डारणमा समस्या भयो ।”

गोरखाको क्षेत्र नं १ र २ का अधिकांश गाविसमा धानखेती गरिन्छ । क्षेत्र नं ३ मा भने कोदो, गहुँ, फापर, जौलगायत जातका बालीको खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।

भूकम्पपीडित किसानलाई खेती भण्डारणका लागि जिल्लाको १० ठाउँमा सामूहिक खेती भण्डारण भवन निर्माण गर्न लागिएको जानकारी वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी