स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि

स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

पाल्पा , १७ मङ्सिर ।

पाल्पामा स्वास्थ्य संस्थामा गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुन थालेको छ । महिलामा प्रजनन जनस्वास्थ्यसम्बन्धी ज्ञान स्थानीय क्षेत्रसम्म पुग्न थालेपछि हिजोआज स्वास्थ्य संस्थामा गई प्रसूति गराउनेको सङ्ख्या बढेको हो ।

घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरा हुन्छ भन्ने महिलामा चेतनाको वृद्धि भएपछि स्वास्थ्य संस्थामा नै प्रसूति गराउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

आव ०७०÷७१ मा जिल्लाभरिमा पाँच हजार ७१ र ०७१÷७२ मा पाँच ४०७ जनाले स्वास्थ्य संस्थामा गएर प्रसूति गराएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत माधव ज्ञवालीले बताउनुभयो ।

स्वास्थ्य संस्थामा नै प्रसूति गराउँदा आमा र बच्चाको ज्यान खतरामा कमी आउन थालेको स्वास्थ्यकर्मी बताउँछन् । युनाइटेड मिसन अस्पताल, जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, रामपुर अस्पताललगायत जिल्लाका २५ स्थानबाट प्रसूति सेवा दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ