एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक आजपनि बस्दै

एमाओवादी केन्द्रिय कार्यसमितिको बैठक आजपनि बस्दै

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १७ मंसिर ।  

एकिकृत नेकपा माओवादी केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजेपछि पार्टी केन्द्रिय कार्यलय पेरिडाँडामा सुरु हुनेछ ।

आजको बैठकमा यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गर्नु भएको दस्तावेजमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यसुची रहेको पार्टी प्रवक्त दिननाथ शर्माले जानकारी दिनुभयो ।

यसअघि गत मंगलबारको बैठकमा अध्यक्ष दाहालले समग्र पछिल्लो राजनितिक अवस्था तथा पार्टीले खेलेको भूमिका लगायतका विषय समेटिएको दस्तवेज प्रस्तुत गर्नुभएको थियो । आज तीनै विषयमाथि सदस्यहरुले धारणा राख्नेक्रम चल्ने प्रवक्त शर्माले बताउनुभयो ।

यस्तै नाकाबन्दीका कारण मुलुकले भोगिरहेको संकट समाधानमा पार्टीको भूमिका र पहल तथा केही नेताले नयाँ शाक्ति निर्माणका लागि भन्दै पार्टी छाडेर गएपछिको अवस्थाका बारेमा पनि बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ