एक महिनाभित्र राष्ट्रिय सभागृहबाट महानगरपालिकाको कार्यालय हटाउन निर्देशन

एक महिनाभित्र राष्ट्रिय सभागृहबाट महानगरपालिकाको कार्यालय हटाउन निर्देशन

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडाँै, १६ मङ्सिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सभागृहमा रहेको काठमाडौँ महानगरपालिकाको कार्यालय उपयुक्त विकल्प खोजी एक महिनाभित्र अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले सभागृहको उचित संरक्षण र सम्बद्धन हुन नसकेको भनी पर्न आएका गुनासाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ (१) (ख) बमोजिम सो सुझाव दिने निर्णय गरेकोे जनाइएको छ ।

महानगरपालिकाले अन्यत्र कार्यालय भवन खोज्ने प्रयोजनका लागि प्रचलित कानुनले दिएको सुविधाअनुसार द्रुत मार्ग प्रयोग गरी प्रक्रिया सुरु गर्न, कार्यालय स्थानान्तरण गरेपश्चात् सभागृहको मर्मत सम्भार गरी पूर्ववत् अवस्थामा ल्याउने एवम् राष्ट्रिय सभागृहको दिगो संरक्षण र सम्बद्र्धन गर्न सुझाव दिएको छ ।

आगामी दिनमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन आयोजना गर्न मुलुकभित्र अन्य वैकल्पिक स्थान नभएको एवम् राष्ट्रिय सभागृह आफैँमा राष्ट्रिय सम्पदा र धरोहरको रुपमा रहेको सन्दर्भमा सो स्थानमा काठमाडौँ महानगरपालिकाको कार्यालय रहनु सान्दर्भिक नदेखिएको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी