सुगौली सन्धीको २ सयबर्ष पुगेका भन्दै ग्रेटरनेपालद्धारा सरकारसामु १८ बुदे माग पेश

सुगौली सन्धीको २ सयबर्ष पुगेका भन्दै ग्रेटरनेपालद्धारा सरकारसामु १८ बुदे माग पेश

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, १६ मंसिर ।

आज डिसेम्बर २ तारीख । बेलाएतले नेपालसामु सुगौली सन्धी गरेको २ सय बर्ष पुरा भएको छ । सन १८१५ डिसेम्बर २ का दिन नेपाल र वेलाएतबीच सुगौली सन्धि भएको थियो ।

सन १९४७ अगस्त १५ मा भारत स्वतन्त्र भएपछि १९४७ को भारत स्वतन्त्र ऐन र १९५० जुलाई ३१ मा नेपाल र भारतबीच भएको शान्ती तथा मैत्री सन्धिको दफा १ र ८ ले पुर्व मेचीदेखि दार्जिलीङ, सिक्कीम र सिलगुडी तथा पश्चिम महाकालीदेखि कुमाउ गडुवाल नेपाली भुभाग भएको पुष्टि गरेपनि भारतले अझै उपभोग गर्दै आएको छ ।

यसैअवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक कार्यक्रमको आयोजना गरेको छ । मोर्चाले राजधानीमा आयोजना गरेको कार्यक्रममार्फत सरकारसमक्ष १८ बुदे माग अघि पेश गरेको छ ।

मोर्चाले सुगौली सन्धिपुर्वको सिमाना नेपाल भारत सन्धिको धारा ८ कार्यान्वयन गर्न नेपाल सरकारले भारतसंग अविलम्ब वार्ता गर्नुपर्ने, चीनको व्यापक सडक सञ्जालमा आवद्ध हुनेगरि चीनसंग पारवाहन तथा व्यापार सम्झौता गर्नुपर्ने, भाडाका सिपाहिका रुपमा भारत र वेलायतमा काम गरिरहेका यूवाहरुलाई नेपाली सेनामा समायोजन गरी गोर्खा भर्ती सदाका लागि बन्द गर्नुपर्ने लगाएतका माग अघि सारेके हो ।

यस्तै भारतले गरेको नाकाबन्दी तत्काल अन्तराष्ट्रियकरण गर्नुपर्ने, संघियता स्थगन गरि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने लगाएत सरकारलाई १८ बुदे माग पेश गरिएको ग्रेटरनेपाल राष्ट्रवादी मार्चाका अध्यक्ष फणिन्द्र नेपालले जानकारी दिनुभयो ।

मोर्चाले गतबर्ष नै भारतीय प्रधानमन्त्री मोदी नेपालकालागि बिष सावित हुने भनी ष्किर्ष निकालेको तर त्यतिबेला कसैले त्यसमा सहमति नजाएको र अहिले आएर त्यहि कुरा सत्य सावित भएको पनि अध्यक्ष नेपालको दाबी छ ।

बेलायतले सुगौली सन्धि प्रस्ताव गरेको २०० वर्ष पुगेको दिनलाई ‘कालो दिवस’ का रुपमा मनाउँदै मोर्चाले सरकारसमक्ष १८ सुत्रीय मागसमेत अघि सारेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी