मधेस आन्दोलन वार्ताबाट समाधान गरिनुपर्ने : उपप्रम मैनाली

मधेस आन्दोलन वार्ताबाट समाधान गरिनुपर्ने : उपप्रम मैनाली

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,१६ मंसिर ।

उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले मधेसवादी दलले आफ्नो माग सम्बोधन गराउन गरिएको आन्दोलनले जनतालाई दुःख दिने र देशलाई बन्दी बनाउने काम भएको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारामा आज २४औँ अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा अपाङ्ग आश्रमको उद्घाटनपछि बोल्दै उहाले मधेस केन्द्रित दलले भन्सार बन्द गरेका कारण नाकाबन्दी लगाउन भारतलाई बहाना मिलेको भन्दै भारतले झुटो कुरा बोलेर नेपाली जनतालाई दुःख दिने काम गरेको आरोप लगाउनुभयो ।

आन्दोलन गर्ने काम मधेसवादी दलको अधिकार भएपनि विदेशीलाई चलखेल गर्न दिई नेपालीको चुल्हो बन्द गर्ने काम अनुचित भएको उल्लेख गर्दै उहाँले सबै दल जिम्मेवारी हुनुपर्ने र देशलाई केन्द्रबिन्दुमा राखेर वार्ताबाटै समस्याको समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी