परराष्ट्रमन्त्री थापा र भारतीय समकक्षी स्वराजबिच दिल्लीमा भेटबार्ता

परराष्ट्रमन्त्री थापा र भारतीय समकक्षी स्वराजबिच दिल्लीमा भेटबार्ता

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, १६ मंसिर ।

दुइ दिने भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले समकक्षी शुष्मा स्वराजसंग नयादिल्लीमा भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा भारतीय बिदेशी मन्त्री स्वराजले सिमानाका क्षेत्रमा कायम अवरोधमा भारतको हात नरहेको दोर्होयाउँदै आन्तरिक समस्या समाधान गर्न नेपाललाई पुन आग्रह गर्नुभयो ।

पारवहन अवरोध हटाउन परराष्ट्रमन्त्री थापाले गरेको आग्रहपछि भारतीय समकक्षी स्वराजले आन्तरिक समस्या यथासिघ्र राजनीतिक ढंगले समाधान गर्न आग्रह गर्नुभएको छ ।

नेपालमा भएको आपूर्ती असहजता तथा सिमा अवरोधमा भारतको हात नरहेको र आन्तरीक समस्या समाधान भएपछि स्थिति सहज हुने विदेशमन्त्री स्वराजले प्रष्ट पार्नुभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट्रमार्फत जानकारी दिनुभएको छ ।

नाकाबन्दीका कारण नेपालमा मानविय संकट उत्पन्न भएको भन्दै थापाले तत्काल समस्या समाधान गर्न भारतीय विदेश मन्त्री स्वराजसंग आग्रह गर्नुभएको थियो । उपप्रधानमन्त्री थापा एक महिना अघि पनि नाकाबन्दी खोल्न आग्रह गर्दै भारत पुग्नु भएको थियो ।

त्यति बेला पनि भारतले आफूले नाकाबन्दी नगरेको बताएको थियो । दुइ दिने भारत भ्रमणमा जानु भएका मन्त्री थापा आज राती ११ बजे स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी