काठमाडौं, १६ मंसिर ।
भारतीय नाकाबन्दीको बिरोधमा देशभर प्रर्दशन गरिरहेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अज पनि कञ्चनपुरको महेन्द्रनगर, बाँके र इटहरी लगाएतका स्थानमा प्रर्दशन गरेकोे छ ।
बाकेमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका पोलीटव्युरो सदस्य भरत बम ‘रणबीर’ ले बिदेशी हस्तक्षेप र नाकाबन्दीको विरोधमा सिमा नाका दसगजामा मानव साङलो वन्न अपिल गर्नुभयो ।
उहाले आफुहरु स्वाधीनताको लडाइँमा रगत बगाउन तयार रहेको भन्दै मुलुकलाई बिदेशीको उत्पीडन बाट मुक्त गरेरै छाडिने दाबी गर्नुभयो ।
मधेसी जनताको मुक्ति भारतले नगरिदिने बताउदै नेता रणबीरले त्यसका लागि सम्पुर्ण नेपाली एक भएर स्वाधीनताको लडाइँ लड्नुपर्ने बताउनु भयो ।
उहाँले नेपालका सासकहरुले गलत सम्झौता गर्ने खत्तरा बढेकोले त्यसको सार्बजनिक गर्न आफुहरुले देशभर अभियान संचालन गरेको बताउदै सरकारले खुला सिमा नियमन र ब्यबस्थापन तत्काल गर्नुपर्ने बताउनुभयो ।
यस्तै कञ्चनपुरको महेन्द्रनगरमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका अर्क पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले भारतले मधेशीहरुलाई उस्काएर अहिले अधिकारका नाउमा नाकाबन्दी गरिरहेको भन्दै त्यसको सबैले कडा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
भारतले बेला बेला यस्तो हतकण्डा अपनाउदै आएकाले अब नेपालीहरुले कसैको भर नपरि स्वयम आत्मनिर्भर हुनुपर्नेमा उहाँको जोड थियो ।
चरणबद्ध रुपमा नाकाबन्दीको विरोध गरिरहेको विप्लप माओवादीले भारतले तत्काल नाकाबन्दी नहटाए थप शसक्त रुपमा आन्दोलन चर्काउने समेत चेतावनी दिएको छ ।


