उर्जा क्षेत्रको विकासमा लाग्न राजनितिक दललाई सुझाव

उर्जा क्षेत्रको विकासमा लाग्न राजनितिक दललाई सुझाव

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १६ मङ्सिर ।

जलविद्युत्को विकास नभएसम्म देश विकास हुन नसक्नेमा विज्ञहरुले बताएका छन् ।

उनीहरुले देशमा रहेको पर्याप्त जलविद्युत्को उत्पादन नगरी आयातित इन्धनमा निर्भर रहँदा ऊर्जा सङ्कट झेल्नुपरेको जोड दिए ।

विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालको सहयोगमा युथ एलायन्स फर इन्भायरोमेन्टले आयोजना गरेको गोष्ठीमा देश विकासका लागी जलविद्युत्को विकासमा ध्यान दिन राजनीतिक नेतृत्वलाई अग्रसर गराउन युवा नेताहरु लाग्नुपर्ने बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानका डा अमृतमान नकर्मीले नेपालको दिगो विकासका लागि स्वच्छ ऊर्जामा आम जनताको पहुँच विस्तार गर्न देशमा उपलब्ध जलविद्युत्कोजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विकासको अर्को विकल्प नरहेको स्ष्ट गर्नुभयो ।

आयातीति इन्धनको परिनिर्भरताले गर्दा नै अहिले मुलुकले ऊर्जा सङ्कट झेल्नुपरेको हो भन्नुहुँदै उहाँले खनिज इन्धनको बचतबाट वर्षे्नि रु ५० अर्ब रकम जलविद्युत्मा लगानी गर्न सकिएमा चार वर्ष्भित्रै ऊर्जामा बन्न सकिने तर्क गर्नुभयो ।

एलपी ग्यास, डिजेलको मूल्य वृद्धि हुँदा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले अब आयातित इन्धनको निर्भरता कम गर्न जलविद्युत्को विकास गरी ऊर्जामा आत्मर्भिर गराउन सरकारलाई बाध्य तुल्याउनुपर्नेतर्फ लाग्नुपर्ने ऊर्जा्विद् नकर्मीको सुझाव थियो ।

कोषका निर्देशक सन्तोषमणि नेपालले नेपालको संविधानमा व्यवस्था गरिएका प्राकृतिक स्रोत साधनको उपयोग, अधिकार र व्यवस्थापनका विषयमा आम नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा युथ एलायन्स फर इन्भायरोमेन्टका अध्यक्ष सनोत अधिकारीले युवा नेताहरुलाई राजनीतिक वादभन्दा मुलुकको स्रोत साधनको उपयोग, आर्थिक विकास र जनजीविकाका सबालमा प्रशिक्षित गराउन यसखालका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

गोष्ठीमा विभिन्न विद्यार्थी नेताहरुले विगतमा राजनेताहरुले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान नदिंदा अहिले नेपाली जनताले ऊर्जा सङ्कटको सामना गर्नुपरेकाले आगामी दिनमा दलीय राजनीतिभन्दा माथि उठेर स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्रको विकासमा हिँडाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी