वक्तृत्वकलामा खड्का प्रथम

वक्तृत्वकलामा खड्का प्रथम

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भत्तपुर ,१६ मंसिर ।

६२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर र जिल्ला विकास समिति भक्तपुरको साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयतर्फ भक्तपुर जिल्लाब्यापी मा.वि. स्तरीय “क्षयरोग नियन्त्रणमा स्थानिय निकायको भूमिका” विषयक वक्तृत्व कला प्रतियोगितामा आर्दश उ.मा.वि. भेलुखेलका सुनिल खड्का प्रथम भए ।

त्यसैगरी शारदा उ.मा.वि. यालाछेका जीवन दुवाल द्वितीय, बासु उ.मा.वि., कालिघाटका गंगा किवानायो तृतीय र देवी उ.मा.वि. सौडोलका निरोज कुवँरले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । विजयी विद्यार्थीहरुलाई भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायाबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

संस्थाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, संस्थाका सल्लाहकार संयोजक धनमान श्रेष्ठ कार्यक्रमका निर्णायक क्षयकुष्ठ अधिकृत तारा शर्माले कार्यक्रमको महत्व र क्षयरोगबारे प्रकाश पार्नु भएको थियो ।

उक्त वक्तृत्वकला प्रतियोगितामा जनस्वास्थ्यका क्षयकृष्ठ अधिकृत तारा शर्मा र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का फिल्ड सुपरभाईजर पार्वती थापा निर्णायक मण्डलमा रहनु भएको थियो । कार्यक्रममा भक्तपुर जिल्लाका १७ वटा सामुदायिक विद्यालयको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी