अनियन्त्रित भई पल्टिएको ट्रकबाट ठूलो परिमाणमा डिजेल बरामद

अनियन्त्रित भई पल्टिएको ट्रकबाट ठूलो परिमाणमा डिजेल बरामद

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौ १६ मंसिर ।  

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कदमाहा चोकमा आज बिहान अनियन्त्रित भई पल्टिएको ट्रकबाट ठूलो परिमाणमा डिजेल बरामद भएको छ ।

प्रहरीको सुरक्षा घेरामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १९२७ नम्बरको ट्रक बिहान करिब ४ बजे अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो ।

पल्टिएको उक्त ट्रकबाट झण्डै दुई हजार लिटर डिजेल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक शेषकराज थान्दारले जानकारी दिनुभयो ।

व्यक्तिगत प्रयोजनका लागि वा कालोबजारीको लागि डिजेल लगिरहेको भन्नेबारे अनुसन्धान भइरहेको तथा ट्रकका चालक फरार रहेकाले उनको पनि खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी