आगलागी हुँदा एकै परिवारको तीन बालबालिकाको मृत्यु

आगलागी हुँदा एकै परिवारको तीन बालबालिकाको मृत्यु

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भीमदत्तनगर, १६ मङ्सिर ।

कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति आगलागी हुँदा सरिताका ११ वर्षीय छोरा अर्जुन, ८ वर्षीय छोरा किरण र ५ वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो ।

आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरिताको घरको भान्सामा चुलोबाट आगो सल्किएर आगलागी भएको हो । प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी