काठमाडौ १६ मंसिर ।
सरकारले निजी सवारी साधनलाई अर्को साता इन्धन वितरण गर्ने तयारी गरेको छ । केही नाकाबाट निश्चित मात्रामा इन्धन भित्रिएपछि निजी सवारी साधनलाई पनि इन्धन दिने तयारी गरेको हो ।
इन्धनको मौज्दात अनुसार निजी सवारी साधनलाई वितरण गर्ने तयारी भइरहेको वानिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बताउनुभयो । इन्धन वितरणका लागि सफ्टवेयरको समेत प्रयोग गरिने आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सफ्टवेयरले कुनरकुन सवारी साधनले पाउनेर नपाउने जानकारी गराउँछ । तर, कुन दिन र कति परिमाणमा इन्धन वितरण गर्ने बारेमा भने निर्णय हुन बाँकी रहेकोले त्यस विषयमा पनि छिट्टै टुङ्गोमा पुगिने मन्त्रालयले जनाएको छ ।
चीन सरकारले अनुदानमा इन्धन उपलब्ध गराएपछि निगमले तिहारअघि पनि निजीलाई इन्धन वितरण गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline