पाच विकास क्षेत्रलाई प्रदेश बनाऔं :सुजाता

पाच विकास क्षेत्रलाई प्रदेश बनाऔं :सुजाता

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

धनगढी, १५ मंसिर / नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उप प्रधानमन्त्री सुजाता कोईरालाले देशमा अहिले देखिएको समस्याको निकासका लागि पाच बिकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनु पर्ने बताएकी छन् ।
उनले अहिलेको मुख्य बिबाद भनेको प्रदेशको सिमांकन रहेकाले विवाद मिलाउन ५ बिकास क्षेत्रलाई ५ वटा प्रदेश बनाउनु पर्ने कुरा सुझाएकी हुन् ।
आगामी फागुन महिनामा हुन लागेको पार्टीको महाधिबेषनलाई लक्षित गरिे चुनावी भ्रमणका क्रममा मंगलबार सुदूरपश्चिम पुगेकी नेतृ कोईरालाले गेटा स्थीत धनगढी बिमानस्थलमा संचारर्मीहरु संग कुरा गर्दै प्राकृतीक श्रोतको बाँडफाँड भौगोलिक बनावट लगायतका हिसावले ५ विकास क्षेत्र नै बैज्ञानीक रहेको बताईन ।
मधेशमा चलिरहेको आन्दोलन समाधनका लागि पनि ५ विकास क्षेत्रलाई नै ५ प्रदेश बनाउनु उपयूक्त हुन्छ नेतृ कोईरालाले भनिन् ‘यसले साविकको कुनै जिल्ला र क्षेत्र टुक्राउनु पर्दैन ।” आन्दोलनले समस्याको समाधन नहुने बताउदै कोरालालेले आन्दोलनरत मोर्चालाई देश र जनतालाई केन्द्रमा राखी निर्णायक बार्तामा बस्न पनि आग्रह गरिन । उनले सरकारलाई पनि गम्भीरतापूर्वक वार्ता प्रकृयालाई अगाडी बढाउन आग्रह गरिन ।
अहिले राष्ट्रियता र राष्ट्र संकटमा परेको छ नेतृ कोईरालाले भनिन् बिपि र गिरीजाबाबुले अगालेको एकता र मेलमिलापको निति अपनाई राष्ट्रिय एकता आवश्यक छ ।
पार्टी स्वार्थ भन्दा माथी उठेर काम गर्न समेत उनले राजनितिक दलका नेताहरु संग आग्रह गरिन । भारतले गरेको अघोषित नाकाबन्दीले नेपाल भन्दा भारतलाई दिर्घकालिन समस्या हुने भएकाले त्यस प्रति भारत सरकारले गम्भीर हुनुपर्ने पनि नेतृ कोईरालाले बताईन ।
उनले सम्बन्ध एकतर्फी मात्रै नहुने भएकाले नेपालले मात्रै चाहेर नेपाल भारत सम्वन्ध सुधार नहुने दावी गरिन । उनले नेपालले सम्झौताका नाममा राष्ट्रियतालाई खतरामा पार्नेगरि कुनै पनि सम्झौता गर्ने बताईन ।
नेपाली कांग्रेसको अगामी अधिवेशनमा आफुले नेताहरु संग सल्लाह गरेर मात्रै उम्मेदबारी दिने पनि नेतृ कोईरालाले बताईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी