प्रधानमन्त्रीको नेतृत्वमा वार्ता गर्नुपर्ने मोर्चाको माग

प्रधानमन्त्रीको नेतृत्वमा वार्ता गर्नुपर्ने मोर्चाको माग

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १५ मङ्सिर ।

सङ्घीय समावेशी मधेसी गठबन्धनले सरकारले अब प्रधानमन्त्रीको नेतृत्वमा मधेस आन्दोलनका सबै सरोकार भएकाहरुसँग समन्वय गरेर वार्ता गरी समाधान खोज्न सुझाएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज  आयोजित अन्तक्र्रियामा गठबन्धनका नेताहरुले राज्य र आन्दोलनमा देखिएका अतिवादीले मुलुकमा झनै अन्योल सिर्जना गरेकाले त्यसको अन्त्य तथा दीर्घकालीन समाधानका लागि सरकारले सबैसँग वार्ता गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मधेसको समस्या देशको भएकाले देशभित्रैबाट समस्याको समाधान खोज्नुपर्ने बताउँदै मधेस आन्दोलनविरुद्ध चुरे भावरलाई प्रयोग गरिएको घटनाले साम्प्रदायिकता बढ्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले मधेसका २२ जिल्लामा ३९ प्रतिशत पर्वते, ३८ प्रतिशत मधेसी, १२ प्रतिशत थारु र १० प्रतिशत मुसलमान रहेकाले ‘मधेसीका लागि मधेस प्रदेश’ मात्रै भन्ने कुरा गलत भएको बताउनुभयो ।

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले समस्या समाधानमा प्रमुख नेताहरु गम्भीर नदेखिएको बताउँदै अहिले पूरा गर्न सकिने माग सम्बोधन गरी बाँकी मागमा छलफल गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसको अधिकारका लागि आन्दोलन दुई दशकअघिदेखि नै चलिरहेको बताउँदै सम्भव भएका विषयलाई वैज्ञानिक ढङ्गले अविलम्ब सम्बोधन गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन परिणाममुखी होस् र राज्यलाई पनि समस्या समाधानमा सजिलो होस् भनेर आफूहरुले गठबन्धन निर्माण गरेको जानकारी दिँदै प्रमुख दलका नेताहरुसहित आन्दोलनरत दलका नेताहरुलाई पनि आफूहरुको अवधारणाको विषयमा जानकारी गराइने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ