संविधानबारेमा जनतालाई जानकारी दिइने

संविधानबारेमा जनतालाई जानकारी दिइने

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १५ मङ्सिर ।

नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा, भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन यही मङ्सिर २१ देखि पुस २२ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा सञ्चार सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव र सञ्चारमन्त्रालयअन्तर्गतका विभागीय प्रमुखको भेटमा सो जानकारी दिइएको हो ।

कार्यक्रम अन्तर्गत संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा केन्द्रीयस्तरका प्रतिनिधि समेतको उपस्थिति रहने बताइएको छ ।
यहि मङ्सिर २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एक महिने सो कार्यक्रम मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाविसमा गरिने मन्त्रालयद्धारा जानकारी दिइयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ