मोर्चाका मागबारे धारणा बनाउन प्रमुख दलहरु आन्तरिक छलफलमा

मोर्चाका मागबारे धारणा बनाउन प्रमुख दलहरु आन्तरिक छलफलमा

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,१५ मंसिर । 

प्रमुख तिन दल मधेस आन्दोलनलाई सम्बोधन गर्ने विषयमा छलफल गर्न आन्तरिक गृहकार्यमा जुटेका छन । मधेसी मोर्चाले राखेको ११ बुँदे मागबारे धारणा बनाउन दलहरुले छलफल सुरु गरेका हुन ।

हिजो मधेसी मोर्चासँग भएको वार्तामा आन्तरिक र तीन ठूला दलबीच साझा धारणा बनाएर भोली बेलुका फेरि वार्तामा बस्ने सहमती भएको थियो । आज दिनभर आन्तरिक, दुईपक्षीय र त्रिपक्षीय छलफल गरेपछि भोलि मोर्चा सहितको बैठक बसेर सहमति खोज्ने दलहरुको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने र विपक्षी दलका नेता कांग्रेस सभापति सुशील कोइरालासँग छलफल गर्दै हुनुहुन्छ ।

मोर्चाका मागबारे छलफल गर्न सरकारको नेतृत्व गरेको एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । त्यस्तै, मधेस आन्दोलन र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न एकीकृत माओवादीको केन्द्रिय समितिको बैठक मंगलबार बस्दै छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि मोर्चाको मागबारे धारणा बनाउन सभापति सुशील कोइराला निवास महाराजगञ्जमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी