काठमाडौ १५ मंसिर ।
एकिकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक आज बाट सुरु हुदै छ । अपराह्न २ बजेपछि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनितिक अवस्था , तराई मधेशमा जारी र पार्टीको आन्तरिक सुदृढिकरणका विषयमा छलफल हुने बताइएको छ ।
नाकाबन्दीका कारण मुलुकले भोगिरहेको संकट समाधानमा पार्टीको भूमिका र पहल तथा केही नेताले नयाँ शाक्ति निर्माणका लागि भन्दै पार्टी छाडेर गएपछिको अवस्थाका बारेमा पनि छलफल हुने स्थायी समिति सदस्य अग्नी सापकोटाले जानकारी दिनुभयो ।
यस्तै बैठकमा सरकारमा पार्टीको सहभागितालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने सापकोटाले बताउनुभयो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समग्र राजनितिक लगायतका विषय समेटिएको दस्तवेज प्रस्तुत गर्नुहुनेछ ।
त्यसपछि प्रस्तावमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यसुची रहेको पार्टी सचिवालयले जनाएको छ ।