दशगजामा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

 दशगजामा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १५ मंसिर ।  

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच गएराति नेपालगञ्ज–रुपैडिहा सीमा नाकाको दशगजा क्षेत्रमा झडप भएको छ ।

मोर्चाका कार्यकर्ताले दशगजाबाट प्रहरीलाई लक्षित गरी पेट्रोल बम र ढुंगामुढा प्रहार गरेपछि झडप भएको हो । पेट्रोल बम लागेर एकजना प्रहरी जवान घाइते भएका छन् ।
आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । राति ८ बजेदेखि शुरु भएको झडप १० बजेसम्म चलेको थियो । प्रहरीले दशगजामा गाडिएको आन्दोलनकारीको टेन्ट कब्जामा लिने प्रयास गरेपछि झडप भएको हो ।

मोर्चाका कार्यकर्ताले ६ वटा पेट्रोल बम प्रहरीमाथि प्रहार गरेका थिए । आन्दोलनकारीको प्रदर्शन र ढुंगामुढा नरोकिएपछि भारतीय सुरक्षा बल एसएसबीले माइकिङ गरेर दशगजामा प्रदर्शन नगर्न र आफ्नो भूमीबाट हट्न भनेपछि प्रदर्शनकारी त्यहाँबाट भागेका थिए ।

मोर्चाका कार्यकर्ताहरु आइतबारदेखि दशगजामै टेन्ट गाडेर बस्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ