नाकाबन्दीका कारण नेपालका ३० लाख बालबालिका मृत्युको जोखिममा : युनिसेफ

नाकाबन्दीका कारण नेपालका ३० लाख बालबालिका मृत्युको जोखिममा : युनिसेफ

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १५ मंसिर । 

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले अत्यावश्यकीय सामग्रीको अभावमा नेपालका ३० लाख बालबालिका स्वास्थ्यको उच्च जोखिममा रहेको जनाएको छ ।

युनिसेफका निर्देशक एन्थोनी लेकले विज्ञप्ती निकालेर जाडोका बेला उर्जा, खाद्य, औषधि तथा खोपको अभावमा नेपालका ५ वर्षभन्दा मुनिका ३० लाख बालबालिका बिरामी र मृत्युसम्मको उच्च खतरामा रहेको चेतावनी दिनुभएको हो । युनिसेफले १० हप्तादेखि भारतसँग जोडिएको सीमा क्षेत्रबाट आपूर्तिमा कडाइ भएपछि औषधि अभाव उच्च भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

टिबी रोग विरुद्धको बिसीजी खोप अभाव भइसकेको र अरु अत्यावश्यक खोप तथा एन्टिबायोटिक पनि अत्यन्तै कम मात्र मौज्दात रहेको भन्दै युनिसेफले समस्या समाधानका लागि पहल गर्न सबैसँग आग्रह गरेको छ ।

यो संकटबाट सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्रका बालबालिका प्रभावित हुने विज्ञप्तीमा उल्लेख छ । इन्धन लगायत खाद्यान्नको अभावमा बालबालिकामा हाइपोथर्मिया तथा कुपोषणको उच्च खतरा रहनुका साथै जीवनरक्षक औषधि तथा खोपको अभावमा बालबालिकाको ज्यान जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

भोकमरी, रोग र चिसोबाट बालबालिकालाई जोगाउन तत्काल आत्यावश्यक आपूर्ति सहज गराउन सबैपक्षले पहल गर्न ढिला गर्न नहुनेमा युनिसेफले जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी