मुख्य तिन दल र मधेशी मोर्चाबिचको बार्ता निष्कर्षबिहिन

मुख्य तिन दल र मधेशी मोर्चाबिचको बार्ता निष्कर्षबिहिन

  • सोमवार, मंसिर १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं,१४ मंसिर ।

मुख्य तिन दल र मधेशी मोर्चाबिचको बार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्ता राजनीतिक मुद्दामा प्रवेश नै नगरी आगामी बुधबार सम्मका लागि स्थगित भएको छ ।

वार्ताको वातावरण अझै नबनेको भन्दै वातावरण बनाउन पहल गर्ने सहमति भने वार्तामा भएको एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको बार्तामा आन्दोलनकारीमाथि सरकारले बल प्रयोग नगर्ने मोर्चाले पनि अन्य दललाई कार्यक्रम गर्न नरोक्ने सहमति भएको एमाले नेता माधवकुमार नेपालले बताउनुभयो । सरकार र आन्दोलनरत पक्षबिच बुधबार बेलुकी ६ बजे अर्को वार्ता हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको त्रिपक्षीय बार्तामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल ,एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेताहरु झलनाथ खनाल, माधव नेपाल सहभागी हुनु भएको थियो ।

यस्तै मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सद्भावना नेता लक्ष्मणलाल कर्ण सहभागी हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी