विराटनगरमा सीमा सुरक्षा बैठक सुरु

विराटनगरमा सीमा सुरक्षा बैठक सुरु

  • सोमवार, मंसिर १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,१४ मंसिर ।

नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो ।

दशगजामा भइ आएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी छन् ।

त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति छ । बैठकमा दुबै देशका नापी विभागका प्रतिनिधिहरु समेत सहभागी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो ।

बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र अतिक्रमण भएको दशगजा क्षेत्र खाली गराउने बारेमा छलफल भइरहेको छ । प्रजिअ कार्कीले दुई देशको सिमाना छुट्याउन निर्माण गरिएका सीमास्तम्भबारेमा पनि छलफल गरिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी