बोक्सी सम्बन्धी कानुन कार्यान्वयनमा जोड

बोक्सी सम्बन्धी कानुन कार्यान्वयनमा जोड

  • सोमवार, मंसिर १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

धनगढी, १३ मंसिर ।

नेपालको संविधान २०७२ ले बोक्सीको आरोप (कसुर र सजाय) सम्बन्धि गरेको व्यवस्थालाई आम नागरिक समक्ष जानकारी गराउनु आवश्यक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

नागरिकलाई कानुनी ज्ञान नभएकाले बोक्सीजस्ता कथित दुव्र्यहार हुने गरेको भन्दै वक्ताहरुले संविधानले व्यवस्था गरेको कसुर र सजायबारे चेतना फैलाउनु पर्ने बताए । 

मानवतावादी समाज (सोच) नेपाल र कुरीति अन्त्य समाज (कास) ले आइतबार धनगढीमा गरेको संविधान र कानुनमा कुरीति विषयक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले अपराध र त्यसको सजायबारे थाहा नहुदा अपराधिक गतिविधी हुने गरेको बताए ।
कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाँईले बोक्सी सम्बन्धि बनेको कानुन कार्यान्वयन आवश्यक भएको बताए ।
बोक्सीको आरोप लगाउने पक्षलाई सजायको भागी बनाएमा अथित बोक्सी प्रथा हट्ने उनको भनाई थियो ।
मानवतावादी समाज (सोच) नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले धर्म, संस्कृति, परम्परा र रीतिरिवाजका नाममा विद्यमान कुरीतिको मारमा सबै भन्दा बढी महिलाहरु परिरहेको बताए ।
उनले समाजका विकृत संस्कार र मान्यतालाई परिवर्तन गर्दै लैजान सके मान्छेद्वारा मान्छेमाथि हुने हिंसा स्वतः घटेर जानेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी सावित्रा घिमीरेले बोक्सी सम्बन्धि कानुन बारे जानकार नहँुदा मन नपरेको मान्छेलाई त बोक्सी होस् भन्दै यातना दिने कार्यले प्रसय पाएको र स्वयं बोक्सीको आरोप खेप्ने व्यक्ति पनि बोक्सी हुन्छ की हुँदैन ! भन्नेमा प्रष्ट नहुने गरेको बताइन ।
बोक्सी आरोप सम्बन्धी कसुर र सजाय सम्बन्धमा बनेको ऐन २०७२ कानुनको पालना भए बोक्सी जस्ता प्रथाको न्युनिकरण हुनेमा उनले जोड दिइन् ।
त्यसैगरी मानव अधिकारकारका लागि महिला एकल महिला समुहकी क्षेत्रीय संयोजक बेद अवस्थीले बोक्सीको आरोप बढी एकल महिलालाई लगाइने गरेको बताइन् ।
अधिवक्ता डा. जानकी तुलाधरले धेरै मानिसलाई बोक्सी सम्बन्धि बनेको ऐनबारे जानकारी नहुँदा बोक्सीका घटना दोहोरिने गरेको बताइन् ।
गत शुक्रबार मात्रै बोक्सी आरोपमा यातना भोगेकी कैलालीको बेलादेवीपुरकी राजकुमारी रानाको मृत्यु भएको थियो । उनलाई २०६९ चैत्रमा स्थानीय छिमेकीले बोक्सीको आरोप लगाउदै निर्घात कुटपीट गर्दै यातना दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी