अदुवा निर्यात गर्न नपाउँदा प्युठानका कृषक मर्कामा

अदुवा निर्यात गर्न नपाउँदा प्युठानका कृषक मर्कामा

  • सोमवार, मंसिर १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ,१४ मंसिर ।

प्युठान जिल्लाको दक्षिणी क्षेत्रमा उत्पादन भएको आर्गानिक अदुवा यसवर्ष भारत निर्यात गर्न नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

अन्य व्यवसाय छोडी व्यावसायिक अदुवा खेतीमा लागेका ढुङ्गेगढी, हङ्सपुर, बाङगेसाल, मर्काबाङ र तिराम गाविसका कृषकले उत्पादन गरेको अदुवाले बजार नपाउँदा बारिमै कुहिने अवस्था आएको छ ।

आर्गानिक रुपमा अदुवा उत्पादन गर्दैआएका २२० जना र रासायनिक मलको प्रयोग गरेर अदुवा उत्पादन गर्दै आएका यस क्षेत्रका ५०० कृषकले उत्पादन गरेको अदुवा भारत निकासी नहँुदा समस्यामा परेको ऐरावती बहुउद्देश्य साना किसान सहकारी संस्थाका अध्यक्ष चिन्तबहादुर शोमैले बताउनुुभयो ।

गतवर्ष मात्रै ८० टन अदुवा निर्यात गरेको ऐरावती बहुउद्देश्य साना किसान सहकारी संस्थाले यस पटक १०० टनसम्मको अदुवा भारतीय बजारसँगै कृष्णनगर, रुपेडियासँगै नवलपरासीलगायतका क्षेत्रमा निर्यात गर्ने लक्ष्य राखेको थियो ।

जिल्लामा वार्षिक दुईसय २० हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन हुदैँ आएको छ । वार्षिक उत्पादनको दुई हजार ६५५ मेट्रिक टन अदुवा जिल्लामै खपत हँुदै आएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा खपत भएको अदुवाबाट रु १५ करोड ९३ लाख कृषकले आम्दानी गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी