काठमाण्डौ,१४ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका शिर्ष नेताहरुको बैठक विराटनगरमा सुरु भएको छ ।
मोर्चाको वर्तमान आन्दोलन, आन्दोलनका विकल्प र सरकारसँगको वार्ताको समीक्षा तथा वार्ता गर्ने सम्बन्धमा बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
बैठकमा मोर्चा सम्बद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेनाथ शुक्ला लगायतको सहभागिता छ ।
सरकारसँगको वार्ता र आन्दोलनका विषयमा आजको बैठक केन्द्रित रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline