काठमाडौं,१४ मंसिर ।
मुख्य तिन दल र मधेशी मोर्चाबिच अहिले बार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बार्तामासत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दल सहभागी छन ।
वार्तामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल , एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेताहरु झलनाथ खनाल, माधव नेपाल सहभागी हुनु भएको छ ।
यस्तै मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सद्भावना नेता लक्ष्मणलाल कर्ण सहभागी हुनुभएको छ ।
नेताहरुले आजको वार्ताबाट समस्याको समाधान गर्न सकिने आधार तयार गर्ने बताएका छन । तराई मधेसमा विगत लामो समयदेखि देखापरेको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओलीले त्रिपक्षीय बैठक बोलाउनु भएको हो ।