परराष्ट्रमन्त्री थापा आज भारत जाँदै

परराष्ट्रमन्त्री थापा आज भारत जाँदै

  • सोमवार, मंसिर १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १४ मंसिर ।  

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दिल्ली जाँदै हुनुहुन्छ । दुई दिने भारत भ्रमणका लागि उहाँ आज अपरान्न ४ बजे त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

मन्त्री थापा दिल्ली हुँदै बैंग्लोर पुग्ने र त्यहाँ एक अध्यात्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । बैंग्लोरबाट भोली दिल्ली फर्किनु भएपछि उहाले भारतीय समकक्षी सुष्मा स्वराजसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि गत कात्तिक एक गते भारत भ्रमणमा जानु भएका थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपालको सीमानाकामा जारी अवरोध हटाएर आपूर्ति सहज बनाउन आग्रह गर्नुभएको थियो ।

भोली स्वराजसँगको भेटमा पनि थापाले त्यही आग्रहलाई दोर्होयाउने बुझिएको छ । यता राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भने थापाको भारत भ्रमण निजी भ्रमण रहेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ