काठमाडौँ, १४ मङ्सिर ।
नेपाली काँग्रेसले यसअघिको आफू नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने जनाएको छ ।
काँग्रेसले आज हुने सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल काँग्रेस र आन्दोलनरत दल सम्मिलित त्रिपक्षीय वार्तामा संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव पारित गर्नुपर्ने प्रस्ताव राख्ने भएको छ ।
बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्र बडूले मधेस आन्दोलनको प्याकेजमै समाधान खोजे ढिलो हुने भन्दै तत्काललाई संसद्मा दर्ता भएको प्रस्ताव पारित गर्ने र सीमाङ्कनका विषमा राजनीतिक तहमा थप वार्ता र संवादमार्फत सहमति खोज्नुपर्ने विकल्प राख्ने बताउनु भयो ।
आजको त्रिपक्षीय बैठकले त्रिपक्षीय वार्तामा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी हुने काग्रेसले जनाएको छ ।