संघीयाताको विषय राजनीतिक संवादबाट चाँडो सम्बोधन हुन्छ : सञ्चारमन्त्री

संघीयाताको विषय राजनीतिक संवादबाट चाँडो सम्बोधन हुन्छ : सञ्चारमन्त्री

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १३ मङ्सिर ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सीमाकङ्नको विषय राजनीतिक लचकताका साथ आपसी वार्ता र संवादबाट चाँडो टुङ्गोमा पु¥याउन सरकार तयार रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले तराई–मधेस केन्द्रित दलका नेतासँग अनौपचारिक र औपचारिक छलफल चलिरहेकाले समस्याको राजनीतिक र विधिसम्मत समाधानमा जोड दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहेका राइले संविधानको कार्यान्वयन गरी लोकतान्त्रिक परिवर्तनको उपलब्धि रक्षा नै मुख्य कार्यभार भएको तर यसमा सुधार्नुपर्ने तथा अपूरा पक्षका लागि संवैधानिक बाटाबाट समाधान हुनुपर्ने स्पष्ट गर्नुभयो ।

मन्त्री राईले इन्धन अभावका कारण सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा अवरोध नहोस् भन्नेतर्फ आफू गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसहितको संयन्त्र बनाई आपूर्तिमा सहजीकरण गराउने दाबी गर्नुभएको छ ।

उहाँले नयाँ सञ्चार नीतिको तर्जुमाका लागि कार्यदल र आमसञ्चार प्रतिष्ठान गठन, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र सञ्चार सङ्ग्रहालयको स्थापनाका काममा आफूले प्राथमिकता दिने जानकारी पनि दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी