काठमाण्डौ,१३ मंसिर ।
उपल्लो डोल्पामा अत्यधिक चिसोे बढ्न थालेपछि त्यहाका स्थानिय बासी गाउँ नै शून्य पारेर बेँसी झर्न थालेका छन ।
माथिल्लो डोल्पामा पर्ने छार्का, तिन्जे, मुकोट, साल्दाङ, भिजेर, फोक्सुन्धोलगायत दर्जनौँ गाविसमा कात्तिक दोस्रो साता देखिनै उच्च हिमपात भई अत्यधिक चिसो बढेपछि उनीहरु बेँसी झर्न थालेका हुन ।
कात्तिकदेखि वैशाखसम्मको छ महिने अवधिमा उपल्लो डोल्पाका स्थानियहरु अस्थायी गाँसबासको व्यवस्थासहित घरमा पालिएका याक, चौँरी, घोडा, खच्चडलगायत पशु चौपाया सबै लिएर बेँसी झर्ने गर्छन् ।
जाडो छल्न बँेसी झरेका उनीहरु तल्लो डोल्पाका त्रिपुराकोट, लिकु, पहाडा, दुनै, जुफाललगायत गाविसमा पाल टाँगेर बस्ने गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline