विप्लब माओवादीको बन्दले ताप्लेजुङको फुङलिङ बजार पूर्ण रुपमा ठप्प

विप्लब माओवादीको बन्दले ताप्लेजुङको फुङलिङ बजार पूर्ण रुपमा ठप्प

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

१३ मंसीर, ताप्लेजुङ

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको कारण ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पूर्ण रुपले बन्द भएको छ ।

नेपाललाई भारतले लगाएको नाकाबन्दीका बिरुद्ध सरकार मौन रहेको र नाकाबन्दीको कारण देशमा व्यापक कालाबजारी बढ्दै गए पनि सरकार मुकदर्शक भएर बसेको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको नेकपा माओवादीले जनाएको छ ।

 नेकपा माओवादी सेक्रेटरी राजन पौडेलले नेपाल बन्दमा मेची अञ्चलमा दुई पांग्रे र अत्यावश्यक सामाग्री बोकेका गाडी बाहेक कुनै पनि सवारी साधन चल्न नदिइने बताए । फुङलिङ बजारमा कुनैपनि सरकारी, गैरसरकारी, शिक्षण संस्था, कलकारखाना, बजारका पसल र बजार पूर्ण रुपमा ठप्प छन् । बन्दकार्ताहरू ठाउँठाउँमा रहे पनि बजारको पुरै क्षेत्र पूर्ण रुपमा बन्द छ ।

सचिब पौडेलले फरक प्रसंगमा कुनै न कुनै राजनीतिक र कुटनैतिक तरिकाबाट देशमा व्यप्त समस्याको समधान खोजिनुपर्ने बताए । मधेशको आन्दोलका जायज मागलाई तत्काल सम्बोधन गर्नका साथै मधेस आन्दोलनको विषयलाई लिएर सरकारले तराईका थारुहरुको मागलाई पनि एउटै बास्केटमा राखेर हेरेकोले त्यो चस्मा खोलेर तत्कार मधेश आन्दोलन सम्बोधन गर्नुपर्नेमा सरकारले मौनता साँधेकोे प्रति पौडेलले आक्रोस पोखे ।

मधेस समस्याको समधान नखोजिनु र नेपालका आदिवासी जनजाती र उत्पीडनमा रहेका जनताको मागलाई सम्बोधन नगरिकन संविधान ल्याएको कारण समस्या उत्पन्न भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी