इटहरीमा क्षेत्रीय सुरक्षा बैठक जारी

इटहरीमा क्षेत्रीय सुरक्षा बैठक जारी

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

इटहरी, १३ मङ्सीर ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आज सुनसरी जिल्लाको इटहरीस्थित बराह बाहिनी मुख्यालय पकलीमा क्षेत्रीय सुरक्षा बैठक बसिरहेको छ । बैठकमा समग्र तथा पूर्वी नेपालको सुरक्षा अवस्था एवम् वस्तुस्थितिका विषयमा बृहत् छलफल र भविष्यमा अपनाउनुपर्ने सुरक्षा सावधानीका विषयमा छलफल हुने बताइएको छ ।

सुरक्षासम्बन्धी बैठकमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगु, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी लगायतको सहभागिता छ ।

बैठकमा पछिल्लो समयमा अघोषित नाकाबन्दीले पारेको प्रभाव तथा मधेस आन्दोलनले नेपाली जनजीवनमा पुगेको असहज परिस्थिति लगायत विषयमा जिल्लागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी