काठमाण्डौ,१३ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिराटनगरमा प्रदर्शनको तयारी गरेपछि सुरक्षा ब्यबस्था निकै कडा पारीएको छ । मोर्चाको कार्यक्रममा हुलदंगा हुन सक्ने भन्दै प्रहरीले सुरक्षा ब्यबस्था कडा पारेको हो । मोर्चाले प्रदर्शन पछि अहिले महावीर चौकमा सभा गर्दै छ ।
सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्बेन्द्रनाथ शुक्ला, लिम्बुवानबादी नेता कुमार लिङ्देन र तराई मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव लगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम छ ।
शीर्ष नेताहरु आएपछि विराटनगरमा विहानैदेखि सुरक्षा ब्यबस्था कडा पारिएको छ । लामो समयदेखि आन्दोलन गरिरहेपनि सरकारले आफूहरुको माग पूरा नगरेर आन्दोलनलाई तुहाउनका लागि विभिन्न षड्यन्त्र गरेको भन्दै त्यसको विरोधमा सभाको आयोजना गरीएको संघीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले बताउनु भयो ।