एसएसबीका १३ जना ७ घण्टापछि छुटे

एसएसबीका १३ जना ७ घण्टापछि छुटे

  • आइतवार, मंसिर १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,१३ मंसिर ।

झापामा शशस्त्र प्रहरी बल केचनाको नियन्त्रणमा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीका १३ जनालाई ७ घण्टापछि भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।

भारतीय काउन्टर पार्टसँगको लामो छलफलपछि उनीहरुलाई एसएसबीका कमान्डर डिबी नागीको जिम्मा लगाएर पठाएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाले जनाकारी दिनुभयो ।

नेपालको सीमामा तेल तस्करलाई लखेट्दै आएका उनीहरुलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरी बेसक्याम्पमा राखेको थियो । तस्कर लखेटदै आएका एसएसवीले केचना–४ का मोहम्मद आलममाथि कुटपिट गरेका थिए ।

तेल तस्कर भागेर आलमका घरमा लुकेपछि एसएसवीले आलमको घर समेत तलासी लिएको स्थानीय लाल मियाँले जनाएका छन् । घटनालगत्तै पुगेको सशस्त्र फोर्सले १३ जनालाई नियन्त्रणमा लिएको थियो ।

जसमा चार जना हतियार सहित थिए । छलफलस्थल बाहिर स्थानीयबासीले भारतीय ज्यादती वढेको भन्दै नारावाजी समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी