काठमाण्डौ,१३ मंसिर ।
निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि औपचारीकता मै सिमीत भएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला बैठकमा अनुपस्थित भएपछि बैठक औपचारीकतामै सिमित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा रिक्त पदका लागि आवेदन परेका नामका बारेमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने सदस्य एबम सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।
परिषद्ले गत कात्तिक २० गते ती पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिबी ठाकुर र दोलखबहादुर गुरुङ उमेरका कारण सेवानिवृत्त भएपछि आयोगका ती पद रिक्त भएका हुन ।